दफा ६
जिल्ला सरकारी वकील कार्यालय समक्ष उजुरी गर्न सक्ने
(१) संहिताको दफा ५ को उपदफा (१) बमोजिम जिल्ला सरकारी वकील कार्यालयमा कुनै कसूरको जाहेरी दरखास्त वा सूचना सहितको उजुरी दर्ता गर्न आएमा सो कार्यालयले त्यस्तो उजुरीको छुट्टै अभिलेख राखी त्यस्तो उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीका लागि यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीका लागि यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।